अजोड इन्स्योरेन्स र ज्यापु समाज यलका व्यवसायीहरुबीच सम्झौता

१९ असार २०७९, आईतवार १२:२४

काठमाडौं । अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीहरुबीच सम्झौता भएको छ । उक्त सम्बन्धमा इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमाबारे सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार अजोडले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी व्यवसायी सदस्यहरुको निर्जीवन बीमा सम्बन्धी काम र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ ।

उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा इन्स्योरेन्स कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*