बीमा समितिले नेपाल लाइफसँग किन माग्यो सपष्टीकरण, यस्तो छ कारण

१६ असार २०७९, बिहीबार १६:१७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई सिईओ नियुक्ति गर्न ढिलाई गरेको भन्दै बीमा समितिले सपष्टिकरण मागेको छ। बीमा समितिले केही समयअघि रिक्त पदमा ६ महिनाभित्र नियुक्त गर्ने निर्देशन दिएपनि कम्पनीले अटेर गरेको भन्दै सपष्टीकरण मागेको हो ।

बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासनमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको अनिवार्य व्यवस्था भए पनि कम्पनीहरुले बीमकको त्यसको पालना गरेका छैनन् । कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धको भरमा काम गर्दै आईरहेका छन् ।

रिक्त रहेको नेपाल लाइफ इन्स्योरेन्सको प्रमूख कार्यकारी अधिकृतमा अझै सिईओ नियुक्त गर्न सकेको छैन । यसअघि कम्पनीको सिईओमा प्रसाई थिए । कार्यकाल अवधि बाँकि रह्दा नै राजिनामा दिएका प्रसाईको राजिनामा पश्चात् सिईओ पद रिक्त छ । लामोसमयदेखि रिक्त रहेको पद खालि भएसँगै समितिले नेपाल लाइफलाई बोलाएर नै सपष्टिकरण लिएको हो । कम्पनीले केही समयमा नै रिक्त पद परिपूति हुने प्रतिवद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*