सूर्या लाइफले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने

१६ असार २०७९, बिहीबार १४:२८

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई ब्यतित भएका बीमालेखहरुमा सबै प्रक्रिया पुरा गरी नविकरण गराएमा लाग्ने ब्याज छुट दिने भएको हो ।

सम्बन्धित बीमितहरुले असार १६ गतेदेखि असार ३२ गतेसम्म सबै प्रक्रिया पुरा गरी नविकरण गराएमा छुट पाउनेछन् । साथै अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५% सम्म ब्याज मिनाहा गरिने कम्पनीले जनाएको छ ।

अनलाईन डिजिटल भुक्तानी माध्यमहरु इसेवा, फोन पे, कनेक्ट आइपिएस, खल्ती, आइएमई पे, प्रभु पे र सेल पे मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*