शेयर बजारमा हरीयाली छाएसँगै आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट
१५ असार २०७९, बुधबार १५:११
काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, वरुण हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन भेञ्चर, नेपाल पुनर्बीमा, युनाईटेड मोर्दी, साल्ट ट्रेडिङ, सिंगटी हाईड्रोपावर र हिमाल दोलखा हाईड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।