नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असारभित्रै एकीकृत कारोबार

१५ असार २०७९, बुधबार ०१:१०

काठमाडौं । नबिल बैंकलाई नेपाल बंगलादेश(एनबी) बैंक गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंक संचालक समितिको आज बसेको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकले सञ्चालक समितिले गाभ्नको लागि अन्तिम स्वीकृति दिएको पत्र नबिल बैंक तथा एनबी बैंकमा पठाउने छ । नबिल बैंक स्रोतका अनुसार राष्ट्र बैंकबाट पत्र आएपछि एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढ्ने छ । नबिल बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी गरेको जनाएको छ .

नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ ।

नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृतमा एनबीका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुनेछन् । सञ्चालक समिति नबिलको हुने छ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*