किन जाँदैछन् वाणिज्य बैंकका सीईओ र गभर्नरको टोली पोखरा ?

१५ असार २०७९, बुधबार १२:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १७ गते (शुक्रबार) वाणिज्य बैंकका सीइओहरुलाई पोखरा बोलाएको छ । आगामी शुक्रबार सम्पूर्ण वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसहित नेपाल राष्ट्र बैंकको टोली पोखरा जाने भएको छ ।

केन्द्रीय बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको चरणमा छ । यो बीचमा सीईओसँग बारम्बार मौद्रिक नीतिका बारेमा छलफल भइरहेको छ । तर, यही बीचमा केन्द्रीय बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पोखरा लगेर छलफल गर्न लागेको हो ।

मौद्रिक नीति निर्माण भइरहेका बेला यसरी सीईओहरुलाई काठमाडौंबाहिर लगेर पहिलोपटक छलफल गर्न लागिएको हो । सीईओहरु ओभर एम्बिसिएस बनेर कार्यक्रम बनाउँदा अहिले यस्तो अवस्था आएको भनेर केन्द्रीय बैंकले बैंकहरुलाई भन्दै आएको छ । यही बीचमा केन्द्रीय बैंकले सीईओहरुलाई पोखरा लैजान लागेको विषयले थप चर्चा पाएको छ ।

नेपाल बैकर्स एसोसिएसनले आयोजना गर्न लागेको कार्यक्रममा डिजिटल करेन्सीका बारेमा सिभिल बैंक सुनील पोखरेलले कार्यपत्र प्रस्तुत गर्ने छन् । त्यसका अलवा मौद्रिक नीतिका बारेमा समेत छलफल हुने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*