एसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१५ असार २०७९, बुधबार ११:२२

काठमाडौं । एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेबाट संस्थापक समूहतर्फको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा ल्याएकोमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।

उक्त लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन असार १६ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*