महुली लघुवित्तले सवा ४ लाख कित्ता एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनका लागि बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान गरेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन आह्वान गरेको हो ।
संस्थाले सर्वसाधारणहरुलाई छुट्ुयाइएको कुल शेयरमध्ये बाँकी ४ लाख १६ हजार १४७ कित्ता शेयर थप सार्वजिनक निष्काशन (एफपीओ) गर्न बिक्री प्रबन्धक नियुक्त गर्नुपर्ने भएकोले अनुभवी निष्काशन तथा बिक्री प्रबन्धक (मर्चेन्ट बैंकर कम्पनी)हरुका लागि सूचना प्रकाशित गरेको हो ।
महुली लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न इच्छुक मर्चेन्ट बैंकर कम्पनीहरुले १५ दिनभित्र दर रेट पेश गर्न सक्नेछन् ।