सिवाइसी नेपाल लघुवित्तले खुलायो ठूलो संख्यामा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१५ असार २०७९, बुधबार १०:४६

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले प्रबन्धक (प्रशासन विभाग प्रमुख), सहायक प्रबन्धक (मानव संसाधन व्यवस्थापन विभाग प्रमुख), सहायक प्रबन्धक (वित्त विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा असुली विभाग प्रमुख), सहायक प्रबन्धक (अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख), सहायक प्रबन्धक (सूचना तथा प्रविधि विभाग प्रमुख र बरिष्ठ अधिकृत (सचिवालय प्रमुख)मा एक–एक जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, अधिकृत (पदेश प्रमुख) ७ जना, अधिकृत (अनुगमन) को लागि १४ जना, अधिकृत (सूचता तथा प्रमुख)को लागि १ जना, कनिष्ठ अधिकृत २० जना र सहायक प्रशिक्षार्थी ५० जना कर्मचारी माग गरेको छ ।

लघुवित्तले सो पदहहरुका लागि न्यूनतम प्लस टु उत्तीर्ण देखि अधिकतम स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले २१ दिनभित्र कम्पनीको वेबसाइट https://cycnlbsl.org.np/careers/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*