सानिमा बैंकको ऋणपत्रमा असार २४ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । सानिमा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि थपिएको छ । बैंकले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
१० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमा कुनै सामूहिक लगानी कोषबाट आवेदन प्राप्त भएको छैन ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।