हिमालयन हाइड्रोपावरको साढे १९ लाख कित्ता आइपीओ आजदेखि निष्काशन, कति किता दिने आवेदन ?

१५ असार २०७९, बुधबार ०७:५३

कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा असार २९ गतसम्म आईपीओ खुला रहनेछ ।

उक्त आईपीओमा सिडिएसको मेरो सेयर मोबाइल एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*