सिभिल र हिमालयन बैंकबीचको मर्जर समस्यामा, स्वाप रेसियो नमिल्दा विवाद

१४ असार २०७९, मंगलवार १७:५२

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकबीचको मर्जरमा दरार उत्पन्न भएको छ । सिभिल बैंकले ९० प्रतिशतभन्दा तलको स्वाप रेसियोमा हिमालयनसँग मर्जर नगर्ने अडानसँगै मर्जरमा दरार उत्पन्न भएको हो ।

सिभिल र हिमालयन बैंकको मर्जरमा छलफल चलिरहेका बेला सिभिल बैंकले समान हैसीयतको प्राथमिकतालाई मात्रै महत्व दिने छलफल चलिरहेको छ।
हिमालयनले १००ः८० को स्वाप रेसियोसम्म दिन तयार भएपनि सिभिल बैंकले भने ९० प्रतिशत भन्दा कम स्वाप रेसियोमा मर्जरमा नगर्ने अडान लिएको हो। दुबै बैंकबीच स्वाप रेसियो नमिल्दा विवाद समेत उत्पन्न भएको छ।

राष्ट्र बैंकले असार मसान्त भित्रै बैंकहरुलाई मर्जरमा जान दबाब दिइरहेका बेला हिमालयन र सिभिल बैंक पनि मर्जरका लागि पटक पटक छलफल भईरहेको छ । छलफलमा भएपनि स्वाप रेसियोमा सहमति हुन सकेको छैन। छलफलका क्रममा सिभिल बैंकका संचालक समितिले डीडीएपछि अन्तिममा १००ः९० भन्दा घटेर मर्जरमा नजाने अडान लिएको हो। नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंक सम्मानजनक मर्जरको पक्षमा रहेको छ।

त्यस्तै, इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकसँग सिभिल बैंकको मर्जरको छलफल चलिरहेको छ।हिमालयनले सिभिल बैंकलाई मर्जरको लागि प्रस्ताव गरेको थियो। हिमालयन नै मर्जरको दबाबमा रहेकोले सम्भवतः सिभिलको प्रस्तावमा हिमालयन जानुपर्ने बाध्यता समेत रहेको छ। ऐन अनुसार मर्जर प्रकृया तोडेका बैंकहरुले तीन बर्ष भित्र अनिवार्य रुपमा अर्को उपयुक्त पार्टनर छनोट गनुपर्ने हुन्छ । त्यसैले सिभिलको अडान नमान्दा चाँडौ नै अर्को विकल्प पनि छनोट गनुपर्ने देखिन्छ ।

वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरको एजेन्डा फेरि चर्चामा थियो। राष्ट्र बैंकले असारमसान्तसम्म मर्जर जाने बैंकहरुलाई मात्रै सुविधा प्रदान गर्ने भएको कारण छलफलको चरणमा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*