नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
१४ असार २०७९, मंगलवार १४:५९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एभरेष्ट इन्स्योरेनस, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत दरका ७ लाख १० हजार १६२ कित्ता, समीट लघुवित्तको २५.२८५४ प्रतिशत दरका ९ लाख ९७ हजार कित्ता र जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत दरका २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।