जन्मदिनमा प्रकृतिले पाईन् एशियन लाइफको बीमा पोलिसी उपहार

१४ असार २०७९, मंगलवार १४:०६

काठमाडौं । पछिल्लो समयमा विभिन्न उत्सव तथा अवसरहरुमा आफ्नो नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नी, विवाह उत्सव, विवाहमा अन्य बस्तु भन्दा पनि बीमा उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच सिन्धुलीको कमला नगरपालिका–१३ बस्ने गोविन्द बारकोटीले आफ्नी ६ वर्षीय छोरी प्रकृति बारकोटीलाई जन्मदिनको उपलक्ष्यमा बीमा पोलिसी उपहार दिएका छन् ।

बीमा सचेतना बढ्दै गएको समयमा भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले गोविन्दले आफ्नी छोरी प्रकृतिलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘बाल भविष्य पल्स बीमा योजना’ खरिद गरी ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।

छोरीको जन्म दिनको अवसरमा बीमा पोलिसी उपहार दिन पाउदाँ धेरै खुशी भएको प्रकृतिकी आमा सरिता बारकोटीले बताइन् ।

अभिकर्ता पुष्पा अधिकारीले प्रकृतिको शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोगी हुने बताइन् । बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा योगदान पु–याउनुको साथै जोखिम बहन समेत हुने अभिकर्ता अधिकारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*