निजि सवारी साधनलाई इन्धन बिक्रीमा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णय

१४ असार २०७९, मंगलवार १३:०२

काठमाडौं । आर्थिक संकट चुलिँदै गएपछि श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने भएको छ ।

श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्रै इ्रन्धन वितरण गर्ने निर्णय गरेको हो ।

सो अवधिसम्म निजी सवारीसाधनहरुलाई इन्धन नदिने श्रीलंका सरकारले घोषणा गरेको हो । श्रीलंका सरकारले इन्धन आपूर्तीलाई सहज बनाउन रसिया र कतारमा प्रतिनिधि पठाएको छ । आर्थिक संकटमा गुज्रिरहेको श्रीलंका सरकारले रसिया र कतारसँग सस्तोमा इन्धन उपलब्ध गराउन माग गरिरहेका छन् ।

हाल श्रीलंकामा ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोलमात्रै बाँकी रहेको छ । इन्धन सकिँदै गएपछि श्रीलंका सरकारले आवश्यक सवारीलाई मात्रै इन्धन बिक्री गर्ने निर्णय गरेको हो । साथै देशका सबै नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*