सिटिजन लाइफ बर्दघाट शाखाद्वारा साढे ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१४ असार २०७९, मंगलवार ११:५८

काठमाडौं । सिटिजन लाइफको बर्दघाट शाखाले साढे ५ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी कम्पनीले स्वर्गिय सुरज थापाका छोरा हरिश थापालाई रु ५ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सिटिजन लाइफ बर्दघाट शाखामा बीमा गराएका सुरज थापा जो यहि मिति २०७९/०१/१० गते पौडि खेल्ने क्रममा डुबेर मृत्यु भयो उनले आफु प्रास्ताबक बीच बच्चाको ५ लाख बिमाङ रकमको बीमाा गराराएका थिए बीमा २० बर्ष अवधिको थियो ।

उनले तीन वटा मात्र किस्ता तिरेका थिए । बार्षिक किस्ता ३०९८१/– थियो उनले ३ किस्ताको जम्मा ९२४४३/– रुपैया सिटिजन लाइफ लाई बुझाएका थिए ।उनको यस्तो अकल्पनिय घटना पछि अकल्पनिय घटना पश्चात प्रति उनका छोरा अधिश थापालाई कम्पनिले लगभग ३० लाख भन्दा बढिको आर्थिक भार बहन गर्ने भएको छ ।

जस अन्तर्गत हिजो मात्र बिमाङक रकम रु ५ लाख निज बच्चाकि आमा कमला थापाको नाममा उपलब्ध गराइएको छ । अबको १७ बर्ष सम्म हरेक महिना पाँच हजारका दरले पढाई खर्च रकम करिव दश लाख भन्दा बढि पाउने छन भने तिर्नु पर्ने बाँकि १७ बर्षको किस्ता कम्पनिले छुट गर्नेछ भने पोलिसि परिपक्क हुँदा करिव १० लाख बढि पाउनेछ्न यसरि हिसाब गर्दा ३० लाख बढि हुन आउँछ ।

एक कार्यक्रका बीच बर्दघाट नगरपालिका वडा नं ४ का अध्यक्ष बेदबिना तिवारिको हातबाट चेक हस्तान्त्रण गरिएको छ भने सो मृत्यु दाबि कार्यक्रममा एरिया ब्रान्च म्यानेजर दुर्गा राज ढकाल, ब्राम्च म्यानेजर भिम प्रसाद सुबेदि लगायत एजेन्सि म्यानेजर हरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बेदबिना तिवारिले सिटिजन लाइफले गरेको कार्य प्रति प्रशंशा गरेका थिए ।
सबै वडा बासिले बीमा गरेर आफु र आफ्नो परिवारलाई सुरक्षित गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा एजेन्सी म्यानेजर प्रतिमा खत्रीले सो बीमा आफुले पैसा राखेर गराईदिएको पछि बिस्तारै बिस्तारै उनले पैसा फिर्ता गरेको साथै स्वर्गिय सुरज थापा निकै जिम्मेवर र ब्यवहारिक रहेको जानकारी दिनु भइ आफु हरु बजारमा बीमा बारे बुझाउन जाँदा मानिसहरुले सुन्न सम्म पनि नचाहेको गुनासो राखेकि थिईन् ।

बीमाको सिद्धान र सिटिजन लाइफले गरेको दाबी भुक्तानी बारे एरिया ब्रान्च म्यानेजर दुर्गा राज ढकालले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रम मा सिटिजन लिडरहरु , टोल सुधार समिति लगायत छिमेकिहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*