सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

१४ असार २०७९, मंगलवार ११:३२

काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले पहिलो चरणको निर्धारित समयमा सम्पूर्ण ऋणपत्र बिक्री नभएपछि समय थपेर असार २४ गतेसम्म पुर्याएको हो ।

बैंकले असार १० गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

यसमध्ये ६० प्रतिशत अर्थात् २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने गरेको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो मध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो ।

यसमा वार्षिक १०.७५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । मागबमोजि आवेदन परेपछि आवेदन अवधि बन्द गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*