सूर्या लाइफ इन्स्योरेन्सद्धारा मर्जरबारे ध्यानाकर्षण

१३ असार २०७९, सोमबार १९:१०

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमती भएसँगै संचार माध्यमहरुले विभिन्न भ्रामक हल्ला फैलाएको भन्दै ध्यानाकर्षण गराएको छ ।

विभिन्न संचार माध्यमहमरुमा दुई कम्पनीबीचको स्वाप रेसियो, सिईओको विषयमा आम सरोकारवालाहरुमा भ्रम सिर्जना हुने गरी सुचना प्रवाह गरेको भन्दै दुवै कम्पनीले आज एक सूचना जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

दुबै कम्पनीहरुको स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायत मर्जर सम्बन्धी आवश्यक सबै विषयहरु कम्पनीहरुको डिडिए, एक्चुरिअल भ्यालुएशन, बीमा समितिबाट तोकिएको आधार लगायत, प्रचलित कानुन र मापदण्डहरको आधारमा दुवै कम्पनीहरुको सहमति पश्चात मात्र टुंगो लाग्ने भएकोले यस्ता प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको आज एक सूचनामार्फत जानकारी गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*