बीमाको उज्यालोभित्र सर्भेयरका दु:ख
बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समय देखि अपरिहार्य आयाम हो तर विकासशिल देशशमा बीमाको अभ्यास नयाँ नै छ । कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो अभ्यास । नेपालमा अहिले फस्टाउदो अवस्थामा छ तर यस्को धेरै लामो इतिहास छैन ।
राणाकालको अन्त्यतिर नेपालमा उद्यम व्यवसाय सु्रु भयो । त्यससँगै नेपालमा पनि बीमाको उद्भव भयो । अझ स्पस्ट बिश्लेषण गर्नुपर्दा बैकिङ् सँग-सँगै बीमा जन्मियो । बैंककै कारण बीमा जन्मियो भन्दा पनि हुन्छ । वि.स. १९९४४ साालमा नेपालमा संस्थागत व्यापार व्यवसाय सुरु हु्न थाल्यो । खासगरि आयात निर्यात व्यपारका लागि बीमा कम्पनीको पनि आवश्यकता महसुस गर्न थालियो र नेपालमा बीमा व्यवसायको थालनी भयो ।
स्थापना हँदा सोझै बीमा कम्पनी भन्ने थिएन । मालचलानी कम्पनीका रुपमा वि.स. २००४ सालमा बीमाको संस्थागत अवधारणा जन्मिएको हो । त्यतिबेला स्थापना भएको माल चलानी कम्पनीले नै नेपालमा बीमाको सुरुवात गर्यो ।
त्यसमा नेपाल बैंककै प्रयत्न थियो । नेपाल बैंककै भगिनी कम्पनीका रुपमा थियो मालचलानी कम्पनी । सोहि माल चलानी कम्पनीले नेपालमा पहिलो बीमा कम्पनीको इतिहास बनायो । अहिले पनि सोे संस्था नेपाल इन्स्योरेन्सका रुपमा क्रियाशिल छ । नेपाल बैंककै भगिनी सम्बन्ध अहिले पनि नेपाल इन्स्योरेन्सको कायमै छ । त्यसैले नेपालमा बैंकको इतिहास नेपाल र्बैकले आरम्भ गरेझै बीमाको इतिहास पनि नेपाल बैंककै पहलमा भएको इतिहास पाइन्छ ।
त्यसो त राणाकालमै सुरु भएको बीमा निकै समय राम्ररी फस्टाउन सकेन । संस्थागत प्रयास न्युन भयो भने सिपालु जनशक्तिको पनि अभाव भयो । स्वदेशमा बीमाको संस्थागत विस्तार हुन नसकेपछि बाहिरियाको प्रवेश अस्वभाविक हुदैन । भारतिय बीमा कम्पनीहरु नेपाल भित्रिन थाले ।
नेपाली बीमा क्षेत्रमा भारतिय प्रभाव छिर्न थाल्यो । त्यतिखेरका नेशनल इन्स्योरेन्स र दि ओरेन्टियल इन्स्योरेन्स कम्पनी अहिले पनि नेपालमा बीमा व्यवसाय गरिरहेका भारतिय लगानीका कम्पनीहरु हुन । निजि क्षेत्रले बीमा व्यवसाय शुरु भएको २० वर्षपछि सरकारले पनि बीमा व्यवसायमा हात हाल्यो । शुरुमा राष्ट्रिय बीमा संस्थान प्रा.लि. स्थापना भयो ।
अर्को वर्ष २०२५ सालमा राष्ट्रिय बीमा संस्थान बन्यो । संस्थानले लामो समयसम्म जीवन र निर्जीवन दुवै व्यवसाय गर्यो । अहिले जिवन र निर्जिवन बीमा व्यवसाय संस्थागत रुपमै अलग भएको छ । जीवन बीमा राष्ट्रिय बीमा संस्थानले गदैं छ भने राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा गरिरहेको छ ।
बीमा व्यवसायलाई निजी क्षेत्रले पनि अगाडि बढायो । निजी क्षेत्रमा भने २०४४ सालमा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सले जीवन र निर्जीवन दुवै कारोवार थाल्यो र पछि अलग कम्पनी भए । छयालिस सालअघिसम्म नेपालमाा बीमा व्यवसाय उतिसाह्रो फस्टाएको थिएन । बीमाको दायरा साँघुरो नै थियो । छयालिस सालको परिवर्तनले नेपालमा पञ्चायति शासनको अन्त्य गर्यो । मुलुक प्रजातन्त्रको युगमा पुनह प्रवेश गर्यो र यसले अथतन्त्रका आयामहरुलाई फराकिलो बनायो । राजनीतिमा उदारसँगै अर्थतन्त्रका पनि उदार आयाम आरम्भ भयो ।
सरकारले लिएको उदारीकरणको नीतिसंगै बीमा ऐन २०४९ आयो । यो ऐन आएपछि निजी क्षेत्रमा बीमाप्रति व्यापक आकर्षण देखियो । भटाभट नयाँ कम्पनी खुल्न थाले । अर्थतन्त्रको विस्तारसंगै बीमा कम्पनी स्थापना हुनेक्रम सुरु भयो । वि.स.२०५० को दशकको विस्तारको क्रमलाई पहिलो चरणको विस्तार भन्न सकिन्छ । वि.स.२०६० को दशकमा आईपुग्दा दुई दर्जन हाराहारी बीमा कम्पनी भइसकेका थिए ।
२०७० को दशकमा बीमा कम्पनीको विस्तारको नयाँ रुप लियो । बीमा समितिमा नयाँ नेतृत्व आएपछि नयाँ कम्पनीलाई स्वीकृत प्रदान गरियो । अहिले बीमा कम्पनीलाई स्वीकृत प्रदान गरियो । अहिले बीमा कम्पनीको संख्या ३९ पुगेका छन । तीब्र प्रतिस्प्रधा छ । बीमाको बजार पनि विस्तार भइरहेको छ ।
बीमा क्षेत्र विस्तार हुदै त छ तर अझै गुणात्मक विस्तार हुन सकेको छैन । यसको सानो उदारहण नै भनौ न । कतिपय बीमा कम्पनीले मिडियालाई बीमा क्षतिपुर्ति भुक्तानी गरेको बारे समाचारको निम्ति विज्ञप्ती प्रकाशित गर्न पठाउन्छन् । कतिपय मिडियाले समाचार दिईरहेका हु्न्छन । केहि वर्ष अघि त व्यापकै थियो तर अझै यो प्रवृति बाचेकै छ ।
वास्तवमा बीमा क्षतिपुर्ति दिएको बिषय समाचार नै होइन । बीमा गरेपछि क्षति भयो भने दाबी भुक्तानी दिनु बीमा कम्पनीको कर्तव्य हो । नियमित कर्तव्य समाचार हुन सक्दैन । केही वर्ष अघि यस्ता समाचारकको व्यापकता नै थियो तर अहिले केही कमी भइरहेको छ ।
नेपाली बीमा बजारमा एउटा गु नासो व्यापक छ । बीमा गरे पनि समयमा क्षतिपुुर्ति पाइन्न भन्ने । यसले बीमा कम्पनीहरुप्रति सकारात्मक विश्वास बढ्न सकेको छैन । हुन पनि बीमा दाबी भुुक्तानीमा असाध्य झन्झट दिइने गरिन्छ । ज्यान वा धनमालको क्षति भएर बीमा गर्ने मानिस वा धनमालको क्षति भएर बीमा गर्ने मानिस वा आफन्त, परिवारजन त्यसै पनि पीडामा हुुन्छन् तर सहजै बीमा कम्पनीहरु घुुमाउरो बाटो हिड्न मन पराउन्छन । यसमा समस्या बीमा सर्भेयरलाई हुन्छ । दोष सर्भेयरलाई दिइन्छ । बीमा सर्भेयरले कामम ढिलाइ गर्छन भन्ने गुुनासो छ । कतिपय बीमा कम्पनीको दोष पनि बीमा सर्भेयरले बोक्नु पर्ने अवस्था छ ।
बीमा वास्तवमा जोखिमको व्यवस्थापन हो । यो पूर्ण वा आंशिक जोखिम व्यवस्थापन हुुन्छ । बीमा पोलिसी अर्थात बीमा लेख जारी गर्दाकै अवस्थामा सम्झौता गरिएको हुन्छ ।
क्षतिपुर्तिको आकार र प्रकार । त्यतिबेलै निश्चित गरिएको हुन्छ । दाबी भुक्तानी क्षति भएको आधारमा आंशिक वा पुुर्ण हुुन्छ । त्यसका लागि अति सक्षिप्त प्रक्रिया अवलम्बन गर्नुुपर्ने हुुन्छ तर बीमा कम्पनीहरु भरसक बीमा भुक्तनी दिनु नपरे हुन्थ्यो भन्ने अवस्थाबाट निर्देशित भएको नेपाली बीमा बजारमा व्यापक आरोप लाग्ने गरेकोे छ । नियमन गर्ने निकाय बीमा समितिले भगीरथ प्रसास गरे पनि अझै अवस्था सङ्लो हुन सकेको छैन ।
त्यसो त नेपालमा व्यापारिक घरानिया तथा बैकिङ समुहले बीमा कम्पनीहरु चलाएका छन् । क्षति नै नभई वा नक्कली क्षति गरी गराइ बीमा भुक्तानी लिने गरेका पनि उदारहण छन् । जीवन होस् वा निर्जीवन बीमाको सहि महत्व र अभ्यासलाई अर्थतन्त्रमा स्थापित गर्न सकिएन भने अर्थतन्त्रले आधु्निकीकरणको दिशानिर्देश गर्न सक्दैन । समृद्ध नेपालको सपना हावामा उड्छ ।
स्वास्थ्य बीमाको अभ्यास सुरु भए पनि पुर्वाधारको अभावमा नाममात्रैको छ । सेवाग्राहिले सुविधा पाउन सक्दैनन् । पैसा र सत्ता हुनेका लागि विश्वभरका महँगा अस्पताल छन् तर नेपाली निमुखा नागरिक र उनको परिवारको वार्षिक बीमा शुल्क पनि सरकारले तिर्ने भएको छ । विपन्न घरपरिवारभन्दा माथिकालाई बीमा शुुल्क तिर्नलाई करसुुविधा लगायतको प्याकेज विकास गर्न सकिन्छ । निर्जीवन बीमातर्फ पनि त्यसले प्रभावकारीता पाउन नसकेको कुरा सुुस्त विस्तारबाट थाहा हुुन्छ ।
बीमा क्षेत्रमा एक होइन, अनेक समस्या छन् । कानुुनी, नीतिगत र संस्थागत समस्या छन् । संस्कार र प्रवृतिको समस्या छ । कर्पोरेट संस्कारमा गएको छैन । दक्ष जनशक्तीको अभाव छ । बीमा कम्पनीहरु बढ्दो संख्याले अस्वस्थ प्रतिस्प्रर्धाको खतरा बढाएको छ । सानो अर्थतन्त्रमा ३९ वटा बीमा कम्पनी टिक्न सक्लान ?
बैँकिङ क्षेत्रमा मर्जर र बिग मर्जरका कथा सुुन्दै आएका छौ । त्यसका लागि बीमा कम्पनीहरुलले पुँजीआधार बढाउने, मर्जमा जाने लगायतका कार्यक्रम अगाडि सार्नु आवश्यक छ ।
बीमा शुुल्क नै बीमा कम्पनीहरुको प्रमुख आय हो । त्यसैलाई केहि पुनबीमा गरेर,केहीलाई निक्षेप राखेर,केहि लगानी गरेर स्रोतको व्यवस्थापन गरी कम्पनी चलाउने हो । बीमा शुल्कनै साघुुरो हुन थालेपछि त्यसले ल्याउने संकट कम गम्भीर हुदैन । निर्जीवन बीमाको हकमा यो लागु हुुन्छ ।
कुुनै घटना दुर्घटना भएपछि त्यसपछि त्यसलाई सर्भेयरले जाचपड्ताल गरी जतिसक्दो छिटो पीडितलाई क्षतिपुर्ति दिएर नै बीमा व्यवसायमा विश्वासको जग बलियो हुुने हो तर व्यवहारमा त्यस्तो छैन ।
यो प्रक्रियामा कम्पनीहरु उदासीन देखिन्छन । खास गरी निर्जीवन बीमा कम्पनीहरुको उदासीनताले सीमा नाघेको छ । यसका लागि बीमा समितिले आचार संहिता जारी गरेको छ तर विश्वास ऐन, कानुुन, नीति निर्देशनले मात्र बन्दैन । त्यसका लागि त व्यवहारमै सुधार हुुनुपर्छ ।
कुनै घटना वा दुर्घटना भएपछि त्यसपछिका प्रक्रियालाई सार्ने वा टार्ने प्रवृति छ । क्षतिपुुर्ति सकभर नदिन यत्न गर्ने परिपाटी छ भनिन्छ । क्षतिपुर्ति दिए पनि घटाएर दिने प्रवृति छ । विकृति र विसग्ङतिबाट मुुक्त हुुनुपर्छ बीमा क्षेत्र । बीमा बिना आधुनिक अर्थतन्त्र असम्भव छ ।
अर्थतन्त्रको आधार हो बीमा । बीमा बिना मुलुुकलाई लोककल्याणकारी मार्गमा अग्रसर सम्भावना छैन । यसका लागि बीमा सर्भेयरको क्षमता अभिवृद्धि आवश्यक छ । सर्भेयरको व्यवसायिक विकास र संरक्षण जरुरी छ । सर्भेयरका काम, कर्तव्य र अधिकारलाई सुुव्यवस्थित गरिनुु पर्छ । त्यसका लागि नीतिगत र कानुनी प्रयास अगाडि बढाउनु आवश्यक छ । बीमा कम्पनी र सेवाग्राही आफ्नै दोष पनि सर्भेयरलाई थोपर्ने चलन छ ।
बीमा गर्दा सेवाग्राहीले राम्ररी हेर्दैनन् तर पछि सर्भेयरलाई दोष दिन्छन । यो पनि प्रवृत्ति छ । बीमा लेखमेै सबै कुुरा अस्पस्ट हुुन्छन । कतिपय नियतबश र कतिपय वेवस्ताले । त्यो दोष सर्भेयरकका लागि भिडाइन्छ । त्यो हुनु राम्रो होइन । सर्भेयरको प्रभावकारिता बिना बीमाको विश्वास बढ्न सक्दैन ।
बीमा कम्पनीको जिम्मा सर्भेयरको क्षमता अभिवृद्धि पनि हो । बीमा समितिले पनि यसमा ध्यान दिनुपर्छ । यो एउटा व्यवसाय हो र व्यवसायलाई मर्याता र क्षमतामा चलाउनुपर्छ ।
सर्भेयर आफैले पनि व्यवसाय सुधार्न संस्थागत प्रयास गर्नुपर्छ । सर्भेयर समयम पारिश्रमिक नपाउने, न्युुन पारिश्रमिक पाउने लगायतका पनि समस्या छन् । यी सबै पक्षमा प्रभावकारी सुुधारले मात्र बीमाको आकास फराकिलो हुन सक्छ । सर्भेयरका दुखलाई सम्बोधन नगर्दा सिङ्गो बीमा व्यवसायले उचाइ लिन सक्ने छैन । गुणत्मक विकास सम्भव हुन सक्ने छैन ।
निसाको सातौ संस्करणबाट साभार गरिएको सामग्री ।