सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी हाईब्रिड बचत खाता’, यस्ता छन् विशेषताहरु
१३ असार २०७९, सोमबार १३:५७
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाईब्रिड बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर राख्दै उक्त बचत खाता संचालमा ल्याएको हो ।
उक्त खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन । साथै सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम १ लाख रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।
यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।