ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस संचालनमा ल्याउने बाटो खुल्यो, यस्ता छन् मापदण्डहरु

१३ असार २०७९, सोमबार १३:०९

काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार गरेसँगै ब्रोकर कम्पनीहरुले आफ्नै टीएमएस संचालनको बाटो खुलेको हो। बोर्डले अनलाइन तथा अफलाइन मार्फत धितोपत्रको कारोबार गर्नका लागि नेप्सेले विकास गरेको वा कारोबार सदस्य (ब्रोकर)ले विकास वा खरिद गरी प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)लाई व्यवस्थित तरिकाले संचालन गर्न धितोपत्र कारोबार संचालन (तेस्रो संशोधन) विनियमावली २०७९ को विनिमय ३९ उपविनिमय १(ग) बमोजिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ कार्यविधि बनाई लागू गरेको छ ।

ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनको बाटो खुलेको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार गरेसँगै ब्रोकर कम्पनीहरुले आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो।

आफ्नै टीएमएस सञ्चालनका लागि ब्रोकर कम्पनीले अब नेप्सेको प्रणालीसँग जडान गर्न धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ।

यो कार्यविधि लागू हुँदाका बखत नेप्सेको टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्य (ब्रोकर)ले यो कार्यविधि लागू भएको ३० दिनभित्र विनियमावलीमा तोकिएकोबमोजिम दस्तुरसहित निवेदन दिनुपर्नेछ।

कारोबार सदस्यले पेस गरेको पेस गरेको सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा सोसम्बन्धी विवरण नेप्सेले ३० दिनभित्र निरीक्षण तथा चेकजाँच गर्नेछ र आवश्यक परेको खण्डमा अन्य विवरणहरु पनि माग गर्न सक्नेछ।

कारोबार सदस्यले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास र खरिद परियोजनाको विस्तृत विवरण पेस गर्नुपर्नेछ। उनीहरुले सफ्टवेयरको प्राविधिक तथा सुरक्षा विशेषताहरुबारे नेप्सेमा तोकिएको दिनमा प्रस्तुतीकरण गर्नुपर्नेछ।

नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई एक महिनाभित्र प्रणाली खरिद वा विकास गर्न सैद्धान्तिक सहमतिका साथै प्रणाली जडानसम्बन्धी एपीआई डकुमेन्ट प्रदान गर्नेछ। कारोबार सदस्य र प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीचको सम्झौता गरी नेप्सेलाई जानकारी गराउनुपर्नेछ। सम्झौतामा कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता, बिजनेस कन्टिन्युटी प्लान, ट्रबल सुटिङलगायत प्राविधिक सुरक्षासम्बन्धी विषय समावेश हुनुपर्नेछ।

नेप्सेले एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपीआई अर्को सदस्यले प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। कम्तीमा एक महिनाको परीक्षणपश्चात प्रणालीमा कुनै समस्या नदेखिएमा उक्त प्रणाली नियमित सञ्चालनको अनुमति दिइने नेप्सेले जनाएको छ।

नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई एक महिनाभित्र प्रणाली खरिद वा विकास गर्न सैद्धान्तिक सहमतिका साथै प्रणाली जडानसम्बन्धी एपीआई डकुमेन्ट प्रदान गर्नेछ। कारोबार सदस्य र प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीचको सम्झौता गरी नेप्सेलाई जानकारी गराउनुपर्नेछ। सम्झौतामा कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता, बिजनेस कन्टिन्युटी प्लान, ट्रबल सुटिङलगायत प्राविधिक सुरक्षासम्बन्धी विषय समावेश हुनुपर्नेछ।

13th Asar Nepse New system

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*