समीट लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त
१३ असार २०७९, सोमबार १३:०९
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको लेखापरीक्षण सम्बन्धि कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो ।
संस्थाको असार ४ गते बसेको संचालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणालीअनुसार २०७९ को असार मसान्तसम्मको वित्तीय विवरण तयार गर्न एस देवकोटा एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्सलाई नियुक्त गरेको हो ।
साथै संस्थाले निजलाई मूल्य अभिबृद्धि करसहित एक लाख रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय समेत गरेको छ ।