कामना सेवा विकास बैंकसहित ३ कम्पनीको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । तीन कम्पनीले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ ।
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकका संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको १९ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चााहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
सिन्धु विकास बैंक
सिन्धु विकास बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय बाह्रबिसे–१ सिन्धुपाल्चोक अर्थात, कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन पेश गर्न सक्नेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संस्थापक शेयरधनी बसन्त प्रसाद जोशीले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, गुरुजुको चौर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै तोएिएको अवधिभित्र सम्बन्धित संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त कम्पनीहरुको शेयर प्रचालित नियमअनुसार अन्य कोही व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीहरुले जनाएको छ ।