निर्धन उत्थान लघुवित्तद्धारा ३ हजार सदस्यलाई पौने २ करोड अनुदान

१२ असार २०७९, आईतवार १४:२०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई अनुदान प्रदान गरेको छ । लघुवित्तले कोरोनाले व्यवसायिक प्रभावित बनेका सदस्यहरुलाई वर्षाको समयमा राहत हुने हेतुले जनही ६ हजार रुपैयाँका दरले राहत अनुदान वितरण गरेको हो ।

लघुवित्तले आफ्ना १८१ शाखा कार्यालयबाट कुल १ करोड ८० लाख रुपैयाँ राहत अनुदान प्रदान गरेको हो । जसमा कोभिड–१९ ले व्यवसाय प्रभावित बनेका ग्राहक, विपद, गम्भिर प्रकृतिका रोग लागेका लगायत अन्य आपत्तीमा परि कर्जा किस्ता तिर्न अप्ठ्यारोमा परेका सदस्यहरुलाई ६ हजार रुपैयाँका दरले राहत वितरण गरेको हो । यसअघिका वर्षहरुमा पनि संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई यस्तो अनुदान प्रदान गरेको थियो ।

यसबाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग प्रदान गर्दै आइरहेको छ । लघुवित्तले हाल ७७ वटै जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर १८१ शाखा कार्यालयबाट वित्तीय सुविधा दिदै आइरहेको छ ।

संस्थाले हाल निक्षेपमा उच्चतम ब्याज १२ प्रतिशत सम्म दिने गरेको छ भने कर्जामा १० प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*