एभरेष्ट इन्स्योरेन्स कर्मचारी संघको तेस्रो महाधिवेशन सम्पन्न, खड्काको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

११ असार २०७९, शनिबार २२:१२

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. कर्मचारी संघको तेस्रो केन्द्रीय महाधिवेशन काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । यही असार १० र ११ गते संघका अध्यक्ष देविन्द्र खड्काको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको संघले जनाएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको महाधिवेशनले पुनः खड्काकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

विशिष्ठ अतिथिको रुपमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. का नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन थापा उक्त महाधिवेशनले कर्मचारीहरु एकताबद्ध भएर कम्पनीको प्रगति र उन्नतीमा समर्पित हुने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा फियुनका पदाधिकारीहरु, एभरेष्ट इन्स्योरेन्स कम्पनीका व्यवस्थापक तथा विभिन्न बीमा कम्पनीमा कृयाशिल युनियनका अध्यक्ष र प्रतिनिधिहरु पनि उक्त महाधिवेशनमा अतिथिको रुपमा सहभागी थिए ।

महाधिवेशनमा वर्तमान परिस्थितिमा विभिन्न बीमा कम्पनीहरु मर्जर-प्राप्ति गर्ने सन्दर्भमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. मिति २०७९ साउन ०१ गते संयुक्त कारोबार संचालन गर्न गइरहेकोमा परिप्रक्ष्येमा मर्जर–प्राप्ति पश्चात अस्थायी–स्थायी कर्मचारीहरुको रोजगारी कटौती हुनु नहुने तथा कर्मचारीहरुले खाईपाई आएको सेवा सुविधा पनि कटौती नहुने कुरामा नियामक निकाय बीमा समितिबाट आवश्यक निर्देशन जारी हुनुपर्ने भन्ने विषयमा बृहद छलफल भएको छ । महाधिवेशनमा उपस्थित अतिथिहरुले समेत यस कुरालाई समर्थन गर्दै मर्जर–प्राप्ति अवसर तथा चुनौति दुवैको रुपमा लिई संघ आफ्ना कर्मचारीहरुको पेशागत हकहित तथा कम्पनीको प्रगतिको लागि कार्य गर्न जरुरी रहेको बताए ।

उक्त महाधिवेशनबाट विगतमा भएका गतिविधिहरुको सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन एवं विधान संशोधन कार्य समेत बन्द सत्रबाट सर्वसम्मत रुपमा पारित भएको छ । महाधिवेशनबाट यसअघिका अध्यक्ष देविन्द्र खड्का पुनः अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

कार्यसमिति
१) अध्यक्ष देविन्द्र खड्का
२) उपाध्यक्ष केशव श्रेष्ठ
३) सचिव प्रदिप विष्ट
४) कोषाध्यक्ष विदुर तिमल्सिना
५) सह–कोषाध्यक्ष ओमजङ्ग बहादुर धामी
६) केन्द्रीय सदस्य सुलोचना भट्टराई
७) केन्द्रीय सदस्य खगेश्वर भट्टराई
८) केन्द्रीय सदस्य भुषण कुमार सैँजु
९) केन्द्रीय सदस्य संजय राउत
१०) केन्द्रीय सदस्य मुकुन्द दाहाल
११) केन्द्रीय सदस्य राजु प्रसाद सापकोटा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*