हिमालयन र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति

११ असार २०७९, शनिबार १८:४९

बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इस्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । समितिले गत बिहीबार उक्त कम्पनीहरुलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो ।
अब उक्त दुई कम्पनीले आगामी साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने बताइएको छ ।
शुक्रबार बीमा समितिले यी दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।

समितिले गत बिहीबार उक्त कम्पनीहरुलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो । अब उक्त दुई कम्पनीले आगामी साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने बताइएको छ । ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गरिनेछ । सो कम्पनीको सीईओमा हिमालयनका सीईओ बिजय बहादुर शाह हुनेछन् । योसँगै ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ नेपालकै पहिलो मर्जर बीमा कम्पनी हुनेछ । एभरेष्टको १०० कित्ता शेयर बजारबर हिमालयन जनरलको ८५ प्रतिशत शेयर कायम हुने गरि अर्थात १००ः८५ अनुपातको स्वाप रेसियो यी कम्पनी मर्ज हुने लागेका हुन् । गत वैशाख २३ गते यी कम्पनीबीच मर्जर सम्झौता भएको थियो ।

गत वैशाख २३ गते दुइ कम्पनीबीच मर्जर सम्झौता भएको थियो । ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने सम्झौता कम्पनीले गरेका थिए

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*