गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने, साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै

११ असार २०७९, शनिबार १२:२२

 

गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको जानकारी दिएको छ ।

यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै छन् । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*