सरकारले भुक्तानी नदिएपछि पुर्वका तीन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्ने घोषणा

८ असार २०७९, बुधबार १३:४७

काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि पूर्वका तीन अस्पताल स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्न भएको छ। स्वास्थ्य बीमाको रकमको चाङ थुप्रिएसँगै पूर्वका विएण्सी मेडिकल कलेज विर्तमोड, नोवेल मेडिकल कलेज, विराटनगर र विराट मेडिकल कलेज, विराटनगरले असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको हो ।

सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको भन्दै यस्तो निर्णय गरेको विएण्सी मेडिकल कलेज विर्तमोडका प्रमुख कार्यकारी अधिकृत दुर्गा प्रसाद प्रसाईले यस्तो बताएका हुन् । उनले कार्यक्रममा १७० पटक पत्र पठाउदाँ पनि बोर्डले कुनै प्रतिकृया नदिएको भन्दै आफूहरुले स्वास्थ्य बीमा कार्यक्रम बन्द गराउन लागेको गुनासो व्यक्त गरे ।

स्वास्थ्य बीमा बोर्डले बिएण्डसी मेडिकल कलेजलाई ४५ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । त्यस्तै, नोबेल मेडिकल कलेजलाई ५४ करोड ३४ लाख रुपैयाँ स्वास्थ्य बीमा दावी भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य बीमा बोर्डले बिएण्डसी मेडिकल कलेजलाई ४५ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । त्यस्तै, नोबेल मेडिकल कलेजलाई ५४ करोड ३४ लाख रुपैयाँ स्वास्थ्य बीमा दावी भुक्तानी गर्न बाँकी रहेको सो मेडिकल कलेजका व्यवस्थापन समिति सदस्य भीम बहादुर चन्दले बताए ।

त्यस्तै,  नोबेल मेडिकल कलेजका भिम चन्दले सवास्थ्य बीमाको रकमको चाङले गर्दा कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था पुगीसकेको कार्यक्रममा बताएका थिए । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर भुक्तानी नपाएपछि ठूला ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिरहेका छन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सूचिकृत स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेका छन् । यसबाट बिमित नागरिक सेवाबाट वञ्चित हुनेछन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर भुक्तानी नपाएपछि तीन वटा नै अस्पतालले बीमा बोर्डलाई पत्र पठाएर सेवा बन्द गर्ने बताएको छ ।
बिरामीको भिडभाड हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले शुक्रबार सुचना जारी गर्दै असार १५ गतेदेखि अनिश्चितकालका लागि बीमा कार्यक्रम स्थगित गरेको थियो ।
स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् । जसमध्ये ३४९ वटा प्रथम सेवा विन्दु र बाँकी ९४ ‘रिफरल’ संस्था छन् । अधिकांश सरकारी संस्थामा बीमा कार्यक्रम स चालन गरिएको छ ।
मुख्यगरी, बिमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुुर्न बाध्य हुनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुनु, प्रथम सेवा बिन्दुबाट थप उपचारको लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजातको व्यवस्था नहुनु जस्ता विषयले बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दो छ ।
सरकारी कामकाजबाट ढिला आउने रकम भन्दै झुलाउँदै करोडैं भन्दा बढी रकम बाँकि भएसँगै विभिन्न अस्पताहरुले बन्द गराउने क्रम बढ्दै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*