नबिल बैंकको कामु सिइओको जिम्मेवारी सुजित शाक्यलाई
७ असार २०७९, मंगलवार १४:१२
काठमाडौं । नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी सुजित कुमारी शाक्यलाई दिइएको छ ।
कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त हुने भएसँगै कामु सिइओको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई दिइएको हो ।
कम्पनीको जेठ ७ गते सम्पन्न विशेष साधारण सभापश्चात बसेको संचालक समितिको बैठकले सिइओमा ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी साउन १ गतेदेखि लागू हुनेभएसँगै सो अवधिसम्मको लागि कामु सिइओमा शाक्यलाई जिम्मेवारी दिइएको हो ।