एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
७ असार २०७९, मंगलवार १३:५३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएलजी इस्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सो प्रतिशत दरका १२ लाख ६ हजार १३ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।