ग्लोबल आइएमई क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८।०७९ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आव को १०० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएबमोजिम असार मसान्तभित्र तिर्न भनेको हो ।
हितग्राहीहरुले आफुलाई पायक पर्ने नजिकको ग्लोबल आइएमई बैंकको जुनसुकै शाखा कार्यालय वा ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा गई नविकरण शुल्क बुझाउन सक्नेछन् ।
साथै डिजिटल भुक्तानी माध्यम ईसेवा, कनेक्ट आइपिएस, खल्ती डिजिटल वालेट, प्रभु पे, ग्लोबल बैंकको ई बैकिङ्गमार्फत पनि नविकरण शुल्क भुक्तानी गर्न सकिनेछ ।
साथै तोकिएको अवधिभित्र डिम्याट खाता नविकरण नगरेमा उक्त खाता फ्रिज हुने कम्पनीले जनाएको छ । त्यस्तै, मेरो शेयर सेवा लिइरहेका हितग्राहीहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र ५० रुपैयाँका दरले तिरी नविकरण गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले संचालनमा ल्याएको डिम्याट र मेरो शेयर नविकरणमा काइदा र फाइदा योजना अन्तर्गत धरौटीमा २५ सय रुपैयाँको भुक्तानी गरी डिम्याट र मेरो शेयर खाता आजीवन नविकरण गर्न सकिनेछ ।
यो योजना ग्राहकहरुले आफ्नो परिवारका सदस्यहरुलाई पनि सामेल गराउन सक्नेछन् र सो को लागि प्रत्येक सदस्यका नाम फाराममा संलग्न गरी एक हजार रुपैयाँका दरले भुक्तानी गरी सबै सदस्यको डिम्याट र मेरो शेयर खाता आजीवन नविकरण गर्न सकिनेछ ।