विन नेपाल लघुवित्तको नयाँ संचालक समिति गठन
६ असार २०७९, सोमबार १०:५५
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको संचालक समितिमा संस्थापक समूहतर्फबाट ४ जना संचालकमा मदन गोपाल श्रेष्ठ, कुमार राज जोशी, सुकुमान डंगोल र रमादेवी श्रेष्ठ चयन भएका छन् भने सर्वसाधारण शेयरधनीहरुको समूहतर्फबाट दुईजना संचालकमा राजु केसी र एन्जिला न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।