पुँजीबृद्धि गर्न महालक्ष्मी लाइफद्धारा शेयरधनीहरुलाई ५०% रकम ४ दिनभित्र बुझाउन आग्रह

६ असार २०७९, सोमबार १०:१०

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीको वैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णयअनुसार कम्पनीको अधिकृत, चुक्तापुँजी तथा जारी पुँजी बृद्धि गर्ने निर्णय भएबमोजिम कम्पनीको जेठ १० गते बसेको संचालक समितको बैठकले साविक संस्थापक शेयरधनीहरुबाट लगानी भएको रकमको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीका अनुसार शेयरधनीहरुले अब असार ९ गतेभित्र कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बुझाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*