अख्तियारद्धारा कुपण्डोलस्थित विध ल्याबका संचालक विरुद्ध साढे ६ करोडको भष्ट्राचार मुद्धा

३ असार २०७९, शुक्रबार १९:१५

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तत्कालिन नासु भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनी हाल विध ल्याबका संचालकसमेत हुन् ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भीमकान्त भण्डारी मिति २०७३ असोज २१ मा नासु पदबाट सार्वजनिक सेवा प्रवेश गरेका उनले २०७७ साउन १ मा राजीनामा दिएर सरकारी सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेश गरेको ४ वर्षमै उनले जोडेको सम्पत्ति तथा जीवनयापन अस्वभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । अस्वभाविक रुपमा राजीनामा दिएपछि उनी विरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा उजुरी परेको थियो । त्यसपछिको अनुसन्धानका अख्तियारले भण्डारी सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्त सम्मको सम्पत्ति माथि अनुसन्धान गरेको थियो ।

गैरकानूनी रुपमा निजको कुल आय आर्जमा निर्जले गरेको कुल खर्च तथा लगानी घटाँउदा हुन आउने बराबरको सम्पत्तिको स्रोत खुल्न नआएको हुँदा उनले सार्वजनिक सेवाको पदमा बहाल रह्दा गैरकानुनी सम्पत्ति आर्जन गरिएको पुष्टि भएको हुँदा भष्ट्राचार मुद्धा दायर गरेको विज्ञप्तीमा जनाइएको छ।

भण्डारी विरुद्ध आज काठमाडौं बिशेष अदालतमा आरोपपत्र दायर गरिएकोे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*