पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आयो

२ असार २०७९, बिहीबार १८:३८

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेल १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँले बढेर आएको हो ।

त्यस्तै, एलपी ग्याँस र मट्टितेलको मुल्य भने यथावत रहेको छ । जसअनुसार निगम अझैपनि पेट्रोलमा ३१.२८ रुपैयाँ, डिजेलमा ३७.१६ रुपैयाँ, हवाई इन्धनमा २.७० रुपैयाँ र एलपी ग्याँसमा ५५१ रुपैयाँ १४ पैसा (जुन १ को मूल्यअनुसार) घाटामा रहेको छ ।

निगमलाई आगामी १५ दिनमा अझै पनि करिब ४ अर्ब ८१ करोड (मासिक ९ अर्ब ६३ करोड) घाटा हुने स्थिति देखिएको छ । आयल निगमको हालको खरिद लागत पेट्रोल प्रतिलिटर २०९.२८ रुपैयाँ र डिजेलको २०२.१६ रुपैयाँ रहेको छ भने निगमले हाल पेट्रोल १७८ रुपैयाँ र डिजेल १६५ रुपैयाँमा बिक्री गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*