सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी
२ असार २०७९, बिहीबार १६:११
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको हो । सानिमा लाइफले जयनाको अनुपस्थितिमा उनका श्रीमानलाई सो रकम बराबरको चेक प्रदान गरेको हो ।