नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर संचालन

२ असार २०७९, बिहीबार १३:३७

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ प्रायोरिटी काउन्टर विस्तार गरेको छ । बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्नो ग्राहकलाई लक्षित गर्दै संचालन गर्दै आएको उक्त काउन्टर असार १ गतेदेखि नयाँ बानेश्वरमा शाखाबाट पनि विस्तार गरको हो ।

आफ्नो प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई मध्यजनर गर्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरेको हो । उक्त लाउन्जबाट ग्राहकहरुलाई दु्रत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधी नियुक्त गरिएको छ ।

नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका निक्षेप अधिकृत सरोज गुरागाईले संयुक्त रुपमा गरेका हुन् । सो समारोहमा डिल्लीराम अधिकारी लगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा उक्त काउन्टर विस्तार गरेकोमा बधाई तथा धन्यवाद समेत ज्ञापन गरेका थिए ।

साथै बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले बैंकको आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १२६ शाखा कार्यालय, ११८ वटा एटिएममार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवा सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*