साना किसान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२ असार २०७९, बिहीबार १२:५९

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

लघुवित्तले आवश्यकताअनुसार केन्द्रीय कार्यालय तथा इलाका कार्यालयहरुका लागि करार सेवामा अधिकृतमा २ जना कर्मचारी माग गरेको छ । सो का लागि लघुवित्तले १६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

त्यस्तै, स्थायी सेवाअन्तर्गत प्रबन्धक।अधिकृत र बरिष्ठ अधिकृतमा २–२ जना कर्मचारी माग गरेको छ । साथै वरिष्ठ सहायक (सूचना प्रविधि) एकजना र इलाका कार्यालय बनेपा, अत्तरिया, नेपालगंज, बर्दिबास र बुटवलका लागि सहायक एक–एकजना माग गरेको छ ।

कम्पनीले अधिकृत लेभलका लागि चार्टर्ड अकाउन्टेन्ट उत्तीर्ण, सूचना प्रविधि वरिष्ठ सहायकमा सूचना प्रविधिामा स्नातक तह र सहायकका लागि प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र कम्पनीको वेबसाइट http://jobs.skbbl.com.np/rec मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*