आजदेखि पुरानै समयमा कार्यालय खोल्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन

१ असार २०७९, बुधबार १२:३४

काठमार्डौं । बीमा कम्पनीहरुलाई पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न निर्देशन बीमा समितिले निर्देशन दिएको छ । सरकारले दुई दिन बिदा नदिने निर्णय फिर्ता गरेसँगै समितिले पनि पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न कम्पनीहरुलाई निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

सरकारले यसअघि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सो अनुसार समितिले पनि कम्पनीहरुलाई दुई दिन बिदा गर्न निर्देशन दिएको थियो । जुन जेठ एक महिनाभर लागू भयो । तर अब सरकारले उक्त निर्णयबाट पछि हटेसँगै समितिले पुरानै समय तालिका अनुसार कार्यालय खोल्न खुलाउन कम्पनीहरु निर्देशन दिएको हो ।

यससँगै बीमा कम्पनीहरु अबदेखि आइतबारदेखि शुक्रबारसम्म खुल्ने छ । कार्यालय समय पनि पुरानै अर्थात आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबा दिउँसो १ बजेसम्म कायम हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*