अर्थ समितिमा बीमा विधेयकमा आज किन छलफल हुन सकेन, अर्को बैठकमा बोलाईने

३१ जेष्ठ २०७९, मंगलवार १४:५२

काठमाडौं । संसदको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ तथा बीमा विधेयक, २०७५ माथि छलफल गर्न आज बोलाईएको थियो । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि दफाबार छलफल आज हुन नसकेको कारण पुनःअर्को बैठकका लागि छलफलमा बोलाईएको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा आज सार्वजनिक ऋण व्यवस्थापन विधेयकमा छलफलले व्यापकता पाएको छ । बिहान ८ बजेदेखि भएको छलफलमा बीमा समितिलाई बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि दफाबार छलफल गर्न ८ः३० बजे छलफल गर्न बोलाईएको थियो । तर निर्धारित समयमा सार्वजनिक ऋण व्यवस्थापन विधेयकमा छलफल नसकिदा बीमा समितिका प्रधाधिकारीहरुलाई छुटै भेटेर केही छलफल गरिएको थियो ।

२०७५ असार २७ मा दर्ता भएको बीमा सम्बन्धी विधेयक अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । बीमा विधेयक लामो समयसम्म समितिमा अड्किएपछि समितिमा रहेका सदस्यहरुको लगानी विभिन्न जीवन र निर्जिवन बीमा कम्पनीहरुमा रहेको आशंका गरिएको छ । बीमा बिधेयकमा भएको बीमा प्राधिकरण गठन गर्ने विषयमा पनि निष्कर्ष ननिस्किँदा विधेयक अगाडि बढेको थिएन । तर, अहिले समितिमा बीमा सम्बन्धी छुट्टै बीमा प्राधिकरण बनाएर अघि बढ्नेमा अनौपचारिक सहमति जुटेको बताइएको छ ।

आज संसदीय समितिमा छलफलमा बीमा समितिले बनाएको डाफट् बीमा विधेयक बिषयमा छलफल गर्ने छ र सोहि निति ससंद्मा पेश भएपनि यस बिषयमा विस्तृत छलफल भने हुन सकेन । उक्त विधेयकको मस्यौदा तयार भएर छलफल अघि बढेको बर्षौं भइसके पनि पारित हुन नसक्दा बीमा क्षेत्रले गति लिन सकेको छैन् । संसदीय समितिबाट पास भएर संसदका दुवै सदनमा टेवुल भइसकेपछि यो चाँडै पास हुने समितिको आशा छ ।

त्यस्तै विधेयकले बीमा संस्थानसम्बन्धी ऐन खारेज गरी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई समेत नियमन गर्ने छ। उनकाअनुसार बीमा समिति खारेज भएपछि बन्ने प्राधिकरणले नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकारको रुपमा काम गर्नेछ।

राष्ट्रिय बीमा नीति तर्जुमा गरी सरकारलाई सिफारिस गर्ने, बीमा कम्पनीहरुको स्थापना गर्न स्वीकृति दिने, नवीकरण तथा खारेजी गर्ने, नियमन तथा सुपरिवेक्षण गर्ने लगायतका कामहरु गर्नेछ।बीमा क्षेत्र अहिले बीमा ऐन २०४९ बाट नियमित छ । उक्त ऐन अनुसार नै बीमा समितिले गाईडलाईन गर्दै आईरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*