जाल्पा सामुदायिक लघुवित्तद्धारा दुई नयाँ संचालक चयन
३१ जेष्ठ २०७९, मंगलवार १३:२८
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना नयाँ संचालक निर्वाचित गरेको छ ।
कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक निर्विरोध निर्वाचि गरेको हो ।
निर्वाचित हुने संचालकमा गैडाकोट–४ नवलपुरका श्रीकृष्ण तिवारी र भिरकोट–७ स्याङ्गजाका मनिष अर्याल रहेका छन् ।