वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने सहमती, चार महिनादेखि बैंकहरुको ब्याजदर स्थिर

३१ जेष्ठ २०७९, मंगलवार १०:५६

काठमाडौं । असार महिनामा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर नबढाउने सहमती भएको छ। बैंकर संघको निर्णयअनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले असारका लागि पनि जेठकै ब्याजदरलाई निरन्तरता दिन संघले भनेको थियो । चार महिनादेखि बैंकहरुको ब्याजदर स्थिर रहेको छ ।

जेठ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दतिमा ११।०३५ दिने जनाएका थिए । जसअनुसार वाणिज्य बैंकहरुले असार महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११।०३५ नै ब्याजदर दिनेछन् । बैंकहरुले फागुन महिनादेखि नै यहि ब्याजलाई निरन्तरता दिंदै आएका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले असारका लागि आज ब्याजदर प्रकाशन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*