नेपाल इन्भेष्टेमन्ट बैंकको शेयर कारोबार दोस्रो पटक रोक्का

३० जेष्ठ २०७९, सोमबार ११:०७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । कम्पनीको शेयर नेप्सेले दोस्रो पटक रोक्का गरिदिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो ।

यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरमा जाने कुरा थियो । हिमालयन बैंकले आफ्नो साधारण सभाबाट मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै दुवैको मर्जर भाँडिएको थियो । सो क्रममा दुवै बैंकको शेयर कारोबार करिब एक वर्षभन्दा बढी रोक्कार रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*