नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२९ जेष्ठ २०७९, आईतवार १८:१६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

गैडाकोटका बीमित अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले सापकोटाको परिवारलाई ७५ लाख ७ हजार २ सय ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृत्यु दाबी वापतको रकम भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले मृतकको श्रीमति सरस्वती सुवेदीलाई दिएका हुन् ।

दाबी भुक्तानी कार्यक्रममा भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले जीवन बीमा सबैका लागि महत्वपुर्ण रहेको र मृत्युपछि परिवारका लागि समेत सारथीको काम गर्ने भएकाले सबैलाई जीवन बीममा योजना सबैको लागि आवश्यक रहेको बताए । कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका प्रमुख रामकुमार अधिकारीले बीमा भनेको जीवन रहदा र नरहदा पनि आवश्यक रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*