युनाईटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ
२७ जेष्ठ २०७९, शुक्रबार १३:२५
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठले गोपनियताको शपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठले गोपनियताको सपथ ग्रहण गरेका छन् । उनललाई जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यबाट संचालक समितिको अध्यक्षमा चयन गरिएको हो ।
उनले आज बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति जेठ २६ गते नवनिर्वाचित अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।