क्रेडिट रेटिङमा सिटिजन लाइफको प्रगती, इक्राद्धारा ट्रिपल बी रेटिङ प्रदान
२७ जेष्ठ २०७९, शुक्रबार १२:०५
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इक्रा नेपालबाट पाएको रेटिङ अपग्रेड गरेको छ । कम्पनीले इक्रा नेपालबाट इक्रा एनपी आइआर बीबीबी रेटिङ प्राप्त गरेको हो ।
इक्रा नेपालले कम्पनीलाई विगतमा (इक्रा–आइआर) बीबीबी माइनस रेटिङ प्रदान गरेको थियो । उक्त रेटिङलाई कम्पनीले थप अद्यावधिक गराउँदै थप एक स्टेप माथि एनपी आइआर ट्रिपल बी रेटिङमा अपग्रेड गरेको हो ।
उक्त रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ ।