जानकी फाइनान्सका एक संस्थापक सेयरधनीको सेयर बिक्री गर्ने

२७ जेष्ठ २०७९, शुक्रबार ११:३९

काठमाडौं । जानकी फाइनान्सका १ जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी मनोज कुमार सिंहले आफ्नो नाममा रहेको २१ हजार २६४ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले शुक्रबार ९वैशाख २७ गते० को ३५ दिनभित्र कम्पनीको प्रमुख कार्यालय जनकपुरमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*