रिलायबल नेपाल लाइफका सिईओले कति लिन्छन् बार्षिक तलब भत्ता ?

२५ जेष्ठ २०७९, बुधबार १४:३४

काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले कम्पनीको सिईओको बार्षिक तलब भत्ता पारित गरेको छ।कम्पनीको आज बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओ नारायण बाबु लोहनीको बार्षिक तलब भत्ता ७४ लाख ९१ हजार ५७९ रुपैयाँ पारित गरेको हो ।

त्यस्तै, कम्पनीले तलब भत्ता बाहेक इन्धन र मोबाईल फोनको बिल बमोजिम कम्पनीले छुटै रकम भुक्तानी गरिदिएको छ। आजको सभाले संचालक समितिको बैठक भत्ता, यातायात खर्च, टेलिफोनावापतको खर्च भुक्तानी समेत पारित गरेको छ।

त्यस्तै, कम्पनीले प्रस्ताप गरेको अन्य समिति र उपसमिति अर्च वापत संचालक समितिका सदस्यलाई भुक्तानी गरेको रकम पारित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*