एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

२५ जेष्ठ २०७९, बुधबार ०५:०१

काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ आज कार्यालय अवधि पश्चात् बन्द गर्न लागेको बीमापोष्टलाई बताएका छन् ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको थियो । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा मंगलबार साँझ ५ः३० बजेसम्म ९२,२९० आवेदकबाट १ अर्व ६ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ । माग भन्दा बढी आवदेन परेकाले क्यापिटलको फण्ड एक दिन थप गरि आज सम्म आवेदन दिन मिल्ने भएको हो ।

उक्त एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आकार १ अर्व रुपैयाँबाट बृद्धि गरी १ अर्व २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने हुँदा उक्त योजनाको इकाई खरिद गर्नका लागि २०७९ जेठ २५ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सकिने छ ।

उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले निष्काशन गरेको फण्डमा १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई संख्या कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई छट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको छ ।

क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*