मन्त्री फेर्ने एकीकृत समाजवादी निर्णय बदर, तत्काल फेरबदल नहुने

२३ जेष्ठ २०७९, सोमबार १५:०५

काठमाडौं । पार्टीभित्र सहमति नभई मन्त्रीहरु फेरबदल गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय बदर भएको छ । निर्णय बदर भएसँगै मन्त्रीहरु आजबाट मन्त्रालयमा फर्केका छन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीहरु परिवर्तन गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नगर्न अध्यक्ष माधव कुमार नेपालको निर्देशन आएसँगै मन्त्रीहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले काममा फर्कन भनेका छन् ।

स्रोतका अनुसार एकीकृत समाजवादीभित्रै हिजो निर्णय हुने वित्तिकैदेखि हंगामा सुरु भएको थियो । एकीकृत समाजवादीका नेता डा. बंशिधर मिश्रले निर्णय नभई बाहिर हल्ला भएकोले समस्या भएको बताए । औपचारिक निर्णय हुन बाँकी हुँदै बाहिर धेरै हल्ला भएको र मन्त्रीहरु फेर्ने निर्णय नभएको बताए ।

उता, प्रधानमन्त्री देउवालाई समेत संसदमा पेश गरिएको बजेट पास नहुने डर देखिएपछि तत्काल मन्त्रीहरु फेर बदल नगर्न माधव कुमार नेपाललाई आग्रह गरेर हाललाई कुनै पनि मन्त्रीहरु फेरबदल नहुने गरी मिलाइएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*